ट्याक्सीमा मिटर र बिल प्रिन्टिङ सिस्टम अनिर्वाय लागू गर्न निर्देशन | ईमाउण्टेन समाचार

Our Network

असोज १४ २०८१, सोमबार

काठमाडौँ, ५ भदौ । संसदको विकास समितिले सवारी तथा यातायात व्यवस्था ऐनलाई कडाईका साथ कार्यान्वयन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ ।
समितिको सोमबार बसेको बैठकले सरोकारवाला निकायका पदाधिकारीसँगको छलफल पछि यस्तो निर्देशन दिएको हो । समितिले तीन महिना भित्र सबै ट्याक्सीहरुमा अनिवार्य रुपमा विलिङ मेसिनसहितको मिटर जाडान गर्ने व्यवस्था गर्न यातायात व्यवस्था विभाग, नेपाल गुणस्तर तथा नापतौल विभाग र महानगरिय ट्राफिक प्रहरी महाशाखालाई निर्देशन दिएको हो ।

बैठकमा महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी नायब महानिरीक्षक सर्वेन्द्र खनालले ट्राफिकले एक दुई ट्याक्सी र व्यवसायीलाई कारवाही गर्दैमा समस्या समाधान नहुने भन्दै ट्याक्सीमा मिटर जडान नगर्ने पदाधिकारीलाई कारवाही गर्नुपर्ने बताएका छन् ।
यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले ऐन अभाव र क्षेत्राधिकारको सिमितताका कारण समस्या भएको जनाएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);