दोस्रो संविधानसभाका सदस्य कमलप्रसाद पंगेनीको हृदयघाटका कारण निधन | ईमाउण्टेन समाचार

Our Network

पुष ५ २०८१, शुक्रबार

दोस्रो संविधानसभाका सदस्य कमलप्रसाद पंगेनीको हृदयघाटका कारण निधन

काठमाडौं, २० साउन । दोस्रो संविधानसभाका सदस्य एवं नेपाली कांग्रेसका नेता कमलप्रसाद पंगेनीको हृदयघातका कारण निधन भएको छ ।

नेपाली कांग्रेसको स्याङ्जा जिल्ला सभापति समेत रहेका पंगेनीको ५८ वर्षको उमेरमा आइतबार बिहान स्याङजाको भीरकोटमा निधन भएको हो । काठमाडौंबाट स्याङजा गएका पंगेनी भिरकोट नगरपालिकाका कांग्रेस नेता तोयानाथ अर्यालको घरमा सुतेकै बेला अचेत भेटिएका थिए । उनलाई बिहानै कालिका सामुदायिक अस्पतालमा उपचारका लागि लगिएको थियो ।

अस्पताल पु¥याउने वित्तिकै उनलाई मृत घोषणा गरिएको थियो । शनिबार नियमित भेटघाटबाट फर्कदा असहज महसुस भएपछि गल्याङ सामुदायिक अस्पतालमा स्वास्थ्य जाँच गराएका थिए । २०३५ सालदेखि राजनिति सुरु गरेका पंगेनी २०७० सालको चुनावमा स्याङजा २ बाट प्रत्यक्षतर्फ निर्वाचित भएका थिए । उनिँ गएको संसदीय चुनावमा भने पराजित भएका थिए । उनका एक छोरा र एक छोरी छन्

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);