बिमल जैरु
डडेल्धुरा, १५ साउन । डडेल्धुराको परशुराम नगरपालिकामा उपभोक्तलाई समान रुपमा पानी वितरण गर्न मिटर रिडिङ जडान गरिएको छ । मिटर जडान गरेपछि उपभोक्ताले पानीको वचत गर्न थालेका छन् ।
खानेपानीको चरम अभाव रहेको डडेल्धुरको परशुराम नगरपालिकामा उपभोक्तलाई समान रुपमा पानी वितरण गर्न मिटर रिडिङ जडान गरिएको छ । उपभोक्तालाई समान रुपमा पानी वितरण गर्ने उद्देश्यले मिटर रिडिङ जडान गरेको हो । लालढुंगा पुन्तुरा खानेपानी उपभोक्ता समितिले धारामा मिटर जडान गरेको हो ।
जिल्ला खानेपानी डडेल्धुराको ६२ लाख आर्थिक सहयोगमा ५५ हजार लिटरको ट्याङकी बनाइएको छ । सो आयोजनाबाट ७५ घरधुरी लाभान्वित भएका छन् । ट्याङ्कीबाट वितरण हुने धारामा मिटिर जडान गरेपछि सहज भएको उपभोक्ता समितिको भनाइ छ ।
धारामा मिटर जडान गरेपछि उपभोक्ताले पानीको वचत गर्न थालेको छन् । पहिले जस्तो पानी खेर नजाने र बचत गर्ने बानीको विकास भएको उपभोक्ताको भनाइ छ ।
उपभोक्ताले २४ युनिट सम्मको १ सय र त्यसपछीको थप १ युनिटको १० रुपैया तिर्नुपर्ने हुन्छ । प्रत्येक महिना उठेको रकमबाट मिटर बिग्रेमा बनाउने गरिएको छ ।