सडक बनाउन भीर फुटाउँदै नेपाली सेना | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सडक बनाउन भीर फुटाउँदै नेपाली सेना

sadak sena\

सिमकोट, १२ साउन । दुई बर्षमै दिइएको जिम्मेवारी पूरा गर्न नेपाली सेना यतिखेर हुम्ला जिल्लाको अदानचुली गाउँपालिकाको हल्गाडे भीर फुटाउन ब्यस्त छ । कर्णाली करिडोर अन्तर्गत खुलालु लैफु सलिसल्ला खण्डकोे डर लाग्दो हल्गाडे भिर फुटाउन नेपाली सेना बिहानदेखि बेलुका अबेरसम्म खटिएको हो ।

डरलाग्दो भिरमा केही सम्पर्क गर्ने माध्यम पनि छैन, तर पनि सेना जोशका साथ कम्मरमा डोरी बाँधेर भिरमा काम गरिरहेको अदानचुली–२ का स्थानीय परबहादुर बुढाले बताए । खुलालु सलिसल्ला खण्डको कवाडीदेखि सलिसल्ला क्षेत्र हुम्ला जिल्लमा पर्छ ।

त्यस क्षेत्रका कुल लम्बाइमध्ये ८ देखि १० किलोमिटर चट्टानको भाग छिचोल्नु सेनालाई निकै कठीन कार्य भएको स्थानीय वासिन्दा बताउँछन् ।  त्यस खण्डको कवाडीदेखि सलिसल्लासम्मको ६१ किलोमिटर बाटोको निर्माण कार्य दुई वर्षमा सक्ने गरी नेपाली सेनाले काम गर्ने जिम्मा पाएको निर्माण दलका इन्जिनियर मेजर मिलन कार्कीले बताए । हल्गाडे भिर निकै अप्ठ्यारो भएको र त्यसलाई फुटाउन सेना बिहानदेखि बेलुकासम्म मिहिनेतका साथ खटेको उहाँले बताउनुुभयो ।

सेना अहिले बर्षाको पानीको प्रबाह नगरी काममा लागेको छ । हालसम्म सेनाले हुम्ला क्षेत्रमा ११ किलोमिटर बाटोको प्रारम्भिक ट्याक खोल्ने कार्य पूरा गरेको कार्कीले जानकारी दिए । सेनाको १५ जनाको टोली ११ समूहमा विभाजित भएर हाल सडक निर्माण कार्य गरिरहेको उनले जानकारी दिए ।

यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

अघिल्लो समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);