सरकार र अनसनरत डा. गोविन्द केसीबीच नौं बुँदै सहमति | ईमाउण्टेन समाचार

Our Network

मंसिर १८ २०८१, मंगलबार

सरकार र अनसनरत डा. गोविन्द केसीबीच नौं बुँदै सहमति

kc anasan

काठमाडौं, ११ साउन । चिकित्सा शिक्षा सुधारका विभिन्न माग गर्दै २७ दिनदेखि अनसनरत डाक्टर गोविन्द केसीले अनसन तोड्नु भएको छ ।

सरकारसँगको ९ बुँदे सहमति भएपछि डाक्टर केसीले शिक्षण अस्पताल, महाराजगञ्जमा नेकपा नेता सुवासचन्द्र नेम्वाङ लगायतको उपस्थितिमा अनसन तोडेका हुन् । सहमतिपत्रमा हस्ताक्षर भएपछि केदारभक्त माथेमा र नेकपाका नेता सुवासचन्द्र नेम्वाङले जुस खुवाएर डाक्टर केसीको अनसन तोडाएका हुन् । सरकारसँगको सहमति पत्रमा डाक्टर गोविन्द केसी र सरकारी वर्ता टोलीका संयोजक तथा शिक्षा मन्त्रालयका सचिव खगराज बरालले हस्ताक्षर गरेका छन् ।

बिहीबार दिउसो अन्य बुँदामा सहमति भए पनि १० वर्षसम्म काठमाडौं उपत्यकामा नयाँ मेडिकल खोल्न नपाउने डाक्टर केसीको मागमा सरकार र डाक्टर केसीपक्षबीच लामै रस्साकस्सी भएको थियो । सरकारले डाक्टर केसीलाई यस विषयमा गलाउन खोजे पनि डाक्टर केसीको अडानसामू सरकार आफै गलेको छ । माथेमा आयोगको प्रतिवेदन अनुरुप नै सरकारले डाक्टर केसीसँग आउँदो १० वर्षसम्म काठमाडौंमा नयाँ मेडिकल कलेज नखोल्ने सहमति गरेको छ ।

यद्यपी आसय पत्र लिइसकेका मेडिकल कलेजहरुले भने सरकारलाई दिने वा सरकारसँग विशेष सहुलियत लिएर उपत्यका बाहिरबाट सञ्चालन गर्ने निर्णय गर्न पाउने छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);