नेपाल महिलासंघद्वारा कानुनमन्त्री तामाङको राजीनामा माग | ईमाउण्टेन समाचार

Our Network

फागुन १३ २०८२, बिहीबार

नेपाल महिलासंघद्वारा कानुनमन्त्री तामाङको राजीनामा माग

ngo serbdr

काठमाडौं, ७ साउन । नेपाल महिला संघले कानुनमन्त्री शेरबहादुर तामाङको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै राजीनामा माग गरेको छ ।

सोमबार कांग्रेस पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी नेपाल महिला संघले बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गर्न जाने छात्राहरुले शरिर सुम्पनुपर्ने भनेर कानुुनमन्त्री तमाङ दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै राजीनामा माग गरेको हो ।

मन्त्रि तामाङको अभिव्यक्तिले बङगलादेशमा अध्यनन गर्ने नेपाली चेलीहरुको चरित्रमा आँच पुग्नुका साथै लामो समयदेखिको बङ्गलादेश र नेपालबीचको सम्बन्धसमेत आघात पुगेको महिला संघको भनाइ छ । संघले सरकारलाई दबाद दिन ७७ ओटै जिल्लामा आन्दोलनका कार्यक्रम गर्न पत्रचार गरिसकेको समेत जनाएको छ ।