काठमाडौं, ७ साउन । दुई तिहाई बहुमत प्राप्त गरेको सरकार सँग आम जनताको ठुलो अपेक्षा हुन्छ । भर्खर पाचँ महिना पुगेको छ सरकारको र उसले अहिले गरेकै कामको आधारमा सरकार यस्तो भयो उस्तो भयो भनेर समिक्षा गरिहाल्ने बेला चाही भएको छैन् ।
तर प्रारम्भिक कामबाट चाही मानिसहरुले एक खालको आकलन गरिरहेका छन् तर राजनितिज्ञहरु मात्र रहेको सरकार प्रसासन मिश्रित कुरा चाही सरकार एउटा बहसको बिषय हुन सक्छ । स्थायी सरकार भएर हामी कहाँ निजामती प्रसासनलाई भन्ने गरिन्छ । र त्यो निजामती प्रसासनले चाही जहिले पनि छुट पाइरहन्छ । र राजनितीज्ञहरुले गाली पनि ताली पनि पाईरहन्छन भनेर भन्ने गरिन्छ । हामीले अपनाएको पद्दति कस्तो र हाम्रो आम जनताले खोजिरहेको अपेक्षा कस्तो एकथरि मानिसहरु भन्छन सत्तरी बर्ष देखि आशा पनि सपना पनि अपेक्षा पनि त्यही नै रहेका छन् भन्ने गरिन्छ ।
राजनितीक परिवर्तन र परिपाटीहरु बदलिरहने काम गर्ने तरिका चाही एउटै रहने भनेर पनि भन्ने गरिन्छ । खरो प्रश्नका प्रस्तोता प्रकाश गिरीको कृष्णहरि बाँस्कोटा सँगको कुराकानी भिडियोको लागि तल क्लिक गर्नुहोला ।