डा. केसीको मुटुको चालमा गडबडी | ईमाउण्टेन समाचार

Our Network

मंसिर २० २०८१, बिहीबार

डा. केसीको मुटुको चालमा गडबडी

dr kc

जुम्ला, ३ साउन । चिकित्सा शिक्षा सुधारको माग गर्दै १९ दिनदेखि अनशनमा रहेका डा गोविन्द केसीको मुटुको चालमा गडबडी देखिएको छ ।

मंगलबार राति साढे १२ बजे र बिहान ४ बजे दुई पटक उनको ९ वटासम्म एक्टोपिक बिट्स (मुटुको धड्कनमा गडबडी) देखिएको उपचारमा संलग्न चिकित्सकको भनाइ छ । यस्तै परिस्थिति रहे डा. केसीलाई जुनसुकै बेला सीसीयूमा राखेर उपचार गर्नुपर्ने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, शिक्षण अस्पतालका मेडिकल डाइरेक्टर डा. पुजन रोकायाले बताए ।
‘यो सुविधा अस्पतालमा छैन,’ उनले भने, ‘सरकारले तत्काल वैकल्पिक व्यवस्थाका लागि यसतर्फ ध्यान दिन जरुरी छ।’ दुवै हातका नसामा पनि संक्रमण देखिएको छ । निरन्तर घटिरहेको सेतो रक्तकोशिका र संक्रमणका कारण जोखिम बढेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । आजको कान्तिपुरले पृष्ठ ३ मा यो समाचार छापेको छ

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);