नेविसंघमा चरम गुटबन्दी | ईमाउण्टेन समाचार

Our Network

मंसिर २७ २०८१, बिहीबार

नेविसंघमा चरम गुटबन्दी

nabisang

तेजना पण्डित
काठमाडौं, २ साउन । दुई वर्षका लागि निर्वाचित भएको नेपाल विद्यार्थी संघको वर्तमान कार्यसमितिको म्याद आगामी भदौमा सकिँदै छ । कार्यकालको अन्तिमसम्म पनि मुल नेतृत्वले महाधिवेसनको कुनै तयारी नगरेपछि नेविसंघकै एउटा समुहले एकतर्फि महाधिवेशन घोषणा गर्ने तयारी सुरु गरेको छ । यसले नेविसंघको लोकतान्त्रिक चरित्रमा मात्र प्रश्न उठाएको छैन । उनीहरुभित्रको चरम गुटबन्दीलाई समेत उदांगो पारिदिएको छ ।

लोकतान्त्रिक संगठन भएर पनि आवधिक निर्वाचनमा जान नसकेको नेपाल विद्यार्थी संघ फेरी उही विवादमा तानिएको छ । ०७३ भदौंमा दुइवर्षका लागि भनेर निर्वाचित भएको कार्यसमितिले अहिलेसम्म सदस्यता नविकरण समेत नगराएर महाधिवेशन टार्न लागेको भन्दै नेविसंघको एउटा समुहले एकतर्फि महाधिवेशन घोषणा गरेको छ ।

अध्यक्ष नैनसिंह महरले आवधिक निर्वाचन जस्तो लोकतन्त्रको मर्मलाई कुल्चेर पदमा बसिरहने प्रयास गरेको भन्दै असन्तुष्ट पक्षले यही साउन २३, २४, २५ मा १२ औं महाधिवेशनको घोषणा गरेको छ । अहिले त्यो समुहले महाधिवेशनका लागि सम्पर्क कार्यालय स्थापनादेखि सचिवालयसम्मका काम गरिरहेको छ ।

नेविसंघका उपाध्यक्ष डिल्लिराम सुवेदीले निर्वाचनमा पछि पार्टी नेतृत्वको खुलेरै बिरोध हुने तथा पछिल्लो समय सभापतिपक्षधर कमजोर भएर महाधिवेसनमा हार्ने भएपछि टार्ने प्रयासमा लागेको अाराेप लगाए ।

१२औ महाधिवेसनकाे तयारी गरीरहेको पक्षले आफुहरुले दुई तिहाइको मतमा अधिवेसन मिति तोकेको भन्दै अध्यक्ष महर पक्षधर पनि महाधिवेसनमा आउने भन्दै ढिला नगर्न आग्रह गरिरहेको छ ।

प्रतिपक्षी दल एकजुट भएर सदन र सडकमा जनताका आवाज बोल्नुपर्ने बेला नेपाली कांग्रेस र उसका भ्रातृ संगठन भने आपसमा विभाजित बनिरहेका छन् । झन महाधिवेशन जस्तो आवधिक निर्वाचनको विषयमा समेत प्रश्न उठेपछि त्यसले कांग्रेस र उसका भ्रात्री संगठनलाई आन्तरिक लोकतन्त्रको मात्र नभएर उसको लोकतान्त्रिक छविमासमेत प्रश्न उठाउने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);