काठमाडौँ, ४ भदौ । पछिल्ला दिनमा भारत र चीनबीच निकै सीमा विवाद बढ्न थालेको छ। भारतको उत्तरी सीमाना डोकलाम र लद्दाक सीमामा भारतीय सैनिक र चिनियाँ सैनिक आमने सामने भएका खबरहरु दिन प्रतिदिन बाहिरीन थालेका छन्।
अघिल्लो मंगलबार अर्थात केही दिन अघि लद्दाखको पेनगोइन क्षेत्रमा चिनियाँ र भारतीय सेनाका जवानहरुबीच ढुंगा हानाहान भएको थियो। जसमा दुवै पक्षका केही सेना घाइतेसमेत भएका थिए। भारतीय क्षेत्रमा प्रवेश गर्दै गरेका चिनियाँ सेनालाई भारतीय सेनाले रोकेका थिए । जसको भिडियो भन्दै सामाजिक सञ्जाल र भारतीय सञ्चार माध्यममा प्रसारण भएका छन्। तर, भिडियोको आधिकारिकता पुष्टि भने भईसकेको छैन।
सेनाको बर्दीमा रहेका सिपाहीहरु देखिएको उक्त भिडियोमा प्रस्ट नदेखिएपछि बादविवाद, धकेलाधकेल र भागाभाग भएको दुश्य भने देख्न सकिन्छ । भिडियोमा चीनको जस्तो देखिने रातो झण्डा बोकेर एक सैनिक अर्को क्षेत्रमा प्रवेश गर्न खोज्छन् । यहि बेला दुवै पक्षबीच निकैबेर धकेला धकेल भएको देखिन्छ । भिडियो हेर्नुहोस् …… https://www.youtube.com/watch?v=YDz5GMKTjIM