काठमाडौं, १ साउन । नेपाल र भारत पक्षबीच नेपालमा जल यातायात सञ्चालन गर्न द्विपक्षीय संस्थागत संरचना गठन गर्ने सहमति भएको छ ।
दुई देशका अधिकारीको काठमाडौंमा भएको दुई दिने बैठकमा स्थलगत अध्ययनबाट प्राप्त सिफारिसका आधारमा संस्थागत संरचना गठन गर्ने सहमति भएको हो । स्थलगत अध्ययनका लागि दुवै पक्षले तत्काल प्राविधिक टोली गठन गर्ने र नेपाली प्राविधिक टोलीले भारतको गंगा नदीमा हाल निर्माणाधीन कोलकत्ता हल्दिया–वाराणशी जलमार्ग खण्डको तथा भारतीय पक्षले नेपालको कोशी र नारायणी नदीको अध्ययन गर्ने सहमति भएको छ ।
दुई देशका अधिकारीले अबको डेढ वर्षभित्र नेपालको सीमासम्म पानीजहाज ल्याउन सम्भव रहेको निष्कर्षसहित काम अगाडि बढाउने निर्णय गरेका हुन् ।