मध्यरातमा एमाले नेताको घरमै मतदाता नामावली संकलन गरेपछि | ईमाउण्टेन समाचार

Our Network

फागुन २० २०८२, बिहीबार

काठमाडौं, ४ भदौ । बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ९ का एमाले नेताको घरमा मध्यरातमा मतदाता नामावली संकलन गरिरहेका कर्मचारी सहित वडा अध्यक्ष र निर्वाचन आयोगका कर्मचारी पक्राउ परेका छन्।

 

हिजो शनिबार बुढानीलकण्ठ नगरपालिकाको मिलेमतोमा स्थानीय तहमै मतदाता नामावली संकलन गर्ने समय सकिएपछि मध्यरातमा नेताको घरमा प्रहरीले निर्वाचन कार्यालयका कर्मचारी, ल्यापटप र नामावली संकलन गर्ने उपकरणसहित पक्राउ गरेको हो।

 

पक्राउ पर्नेमा आकृत खत्री, राजेन्द्र सापकोटा र दिपक निरौला छन्। निरौला एमालेका बुढानीलकण्ठ नगरपालिका प्रमुख हुन भने खत्रीजिल्ला निर्वाचन कार्यालय, काठमाडौंले नामावली संकलनका लागि गएका कर्मचारी हुन्। त्यस्तै सापकोटा बुढानिलकण्ठ वडा नम्बर–९ का वडाअध्यक्ष हुन्।