जर्मनीकी एञ्जेलिक केर्बेरले जितिन् विम्बल्डन टेनिसको उपाधि | ईमाउण्टेन समाचार

Our Network

मंसिर २७ २०८१, बिहीबार

जर्मनीकी एञ्जेलिक केर्बेरले जितिन् विम्बल्डन टेनिसको उपाधि

karber

एजेन्सी, ३१ असार । जर्मनीकी एञ्जेलिक केर्बेरले पहिलो विम्बल्डन उपाधि जितेकी छिन् ।

सात पटककी विजेता सेरेना विलियम्सलाई लण्डनको सेन्ट्रल कोर्टमा २–० को सोझो सेटमा पराजित गरी ३० वर्षीय केर्बेरले पहिलो विम्बल्डन उपाधि जितेकी हुन् । सुत्केरी भएका कारण ९ महिनापछि कोर्टमा फर्किएकी सेरेनालाई केर्बेरले ६–३ र ६–३ को सेटमा पराजित गरिन् । केर्बेर २२ वर्षयता विम्बल्डन उपाधि जित्ने पहिलो जर्मन महिला हुन् ।

सन् १९९६ मा स्टेफी ग्राफले विम्बल्डनको उपाधि जिते यता जर्मन महिलाले यो उपाधि पाएका थिएनन् । केर्बेरको यो तेस्रो ग्रण्डस्लाम उपाधि हो । उनले यसअघि सन् २०१६ मा अष्ट्रेलियन ओपन र यूएस ओपनको उपाधि जितेकी थिइन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);