नवाज सरिफ लन्डनबाट आज पाकिस्तान फर्किए | ईमाउण्टेन समाचार

Our Network

असार ३० २०८१, शनिबार

नवाज सरिफ लन्डनबाट आज पाकिस्तान फर्किए

nawaj sarif

काठमाडौं, २९ असार । पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफ लन्डनबाट आज पाकिस्तान फर्किएका छन् । जेल पर्ने थाहा हुँदा हुँदै सरिफ २५ जुलाइमा पाकिस्तानमा हुने निर्वाचनलाई लक्षित गरि स्वदेश फर्किएका हुन् ।

लन्डनबाट सरिफ चढेको हवाई जहाज आबुधावीमा ल्याण्ड गरेपछि बिमानको चारैतिर कडा निगरानी गर्दै त्यहाँ उपस्थित व्यक्तिलाई तस्वीर खिच्न समेत दिइएन ।

पाकिस्तानमा तीनपटक प्रधानमन्त्री भइसकेका ६८ बर्षिय नवाज सरिफ छोरी मरियमका साथ शुक्रवार पाकिस्तान फर्किएका हुन् । लन्डनमा शरीफ आफ्नी विरामी पत्नीलाई अस्पतालको भेन्टीलेटर छाडेर लाहौर आएका छन् ।

पनामा पेपर लिक पछि नवाज सरिफ विरुद्ध भ्रष्टचार विरुद्धको तिन मामिलामा १० बर्ष, छोरीलाई ७ बर्ष र ज्वाईलाई १ बर्षको सजाय पाकिस्तानमा सुनाईएको थियो । उनी विदेशबाट पाकिस्तान फर्किए गिरफ्तार गर्ने सरकारको तयारी थियो ।

लन्डनबाट पाकिस्तान फर्किनुअघि नवाज सरिफले पाकिस्तानका जनतालाई सन्देश दिँदै आफ्नो पक्षमा समर्थनको माग गरेका छन् । सरिफले आफुलाई लाहोर पुग्ने वित्तिकै जेलमा राख्ने थाहा भएको बताउँदै यसलाई मुलुकका लागि त्यागको संज्ञा दिए ।

भष्ट्रचार विरुद्ध राष्ट्रिय जवाफदेही एएनबीले सरिफ र उनकी छोरीलाई विमानस्थलमै गिरफ्तार गर्न हर सम्भव प्रयासका निम्ती निर्देशन दिएको थियो । नवाज सरिफलाई पाकिस्तान पुग्नु अघि नै उनको पार्टि मुस्लीम लिग नवाज पि एम एल एनका तीन सयभन्दा बढी कार्यकर्तालाई प्रशासनले प्रकाउ गरेको थियो ।

पि एम एल एनका कार्यकर्ताले सरिफलाई विमानस्थलमा स्वागत गर्ने कार्यक्रम तय गरेर आफ्ना कार्यकर्ताहरु परिचालन गरेको थियो । सरिफको गिरफतारीलाई लिएर लाहौरमा व्यापक शुरक्षाकर्मी सहित तीनवटा हेलिकप्टर तैनाथ गरेको थियो ।

नवाज र मरियमलाई रावल पिण्डी र मौसम खराव भएमा ईस्लामावाद लैजाने कार्यक्रम निर्धारण गरिएको पाकिस्तानका संचार माध्यमले जनाएका छन् । पि एम एल एनका राष्ट्रिय अध्यक्ष शाहवाज सरिफका अनुसार प्रशासनले र्याली निकाल्न अवरोध गरेको छ ।

अन्य विरोधी दललाई र्याली आयोजना गर्न छुट दिएको आरोप लगाउँदै लाहौरमा धारा १ सय ४४ लागु गरीएको छ । । पाकिस्तानमा यहि २५ जुलाई निर्वाचन हुँदै छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);