काठमाडौं, २५ असार । अर्थमन्त्री युवराज खतिवडाले भूगोल र जनसंख्यालाई आधार बनाएर विनियोजन गरिएको बजेटले संघीयतालाई आत्मसाथ गरेको दाबी गरेका छन् ।
सोमबार राष्ट्रियसभा बैठकमा आफ्नो मन्त्रालय अन्र्तगत विनियोजित बजेटमाथि सांस्दहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री खतिवडाले भुगोल र जनसंख्यालाई आधार बनाउदै अन्य परिसूचकलाई पनि मध्यनजर गरि सन्तुलित ढंगले बजेट आएको बताएका हुन् । उनले बजेटले संघियतालाई आत्मसाथ गरेको दाबीसमेत गरे । सिमित साधनलाई असिमित प्राथमिकतामा बाड्नु पर्दा केही आयोजना परियोजनालाई आवश्यक बजेट विनियोजन गर्न नसकेको भएपनि प्रदेश र स्थानीय तहमा विनियोजन भएको बजेटलाई हेरेर समग्र मुल्यांकन गर्नुपर्ने उनँको तर्क छ । उनले संघको बजेटमात्रै हेरर समग्र बजेटको आकार र प्रकृतिको धारणा बनाई व्याख्या गर्न नहुने बताए ।
सांसदहरुले बजेटमा प्रादेशिक सन्तुलनको कुरा उठाउँदै संघीयतालाई आत्मसाथ गर्न नसकेको र कार्यान्वयनमा जटिलता रहेको टिप्पणी गरेका थिए । चौमासिक बजेटका कारणले शिक्षकले तलब पाएनन् भन्नेमा सत्यता नभएको भन्दै अर्थमन्त्री खतिवडाले चौमासिक बजेट पठाउन ढिलाई नभएको दाबी गरे ।उनँले व्याजदरका सम्बन्धमा भने केन्द्रीय बैंकले केही समयपछि सार्वजनिक गर्ने मौद्रिक नीतिले सम्बोधन गर्ने स्पष्ट पारे ।