युवराज भुसाल प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतबाट पदमुक्त | ईमाउण्टेन समाचार

Our Network

पुष ९ २०८१, मंगलबार

युवराज भुसाल प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतबाट पदमुक्त

yubraj bhusal

काठमाडौं, २४ असार । राष्ट्रिय पुननिर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतबाट पदमुक्त भएका युवराज भुसालले सरकारको निर्णय स्वभाविक भएको प्रतिक्रिया दिएका छन् । आइतबार पत्रकार सम्मेलन गरी आफू पदमुक्त भएको जानकारी दिँदै उनले सरकारको निर्णयको सम्मान गर्ने बताए ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको साँढे ८ महिना नेतृत्व गर्ने अवसर पाएकोमा आफू अन्त्यन्तै खुसी रहेको भन्दै उनले सरकारप्रति आभारसमेत व्यक्त गरे । भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सदैव काममा उत्साही बनाएको स्मरण पनि गरे ।

भुसालले शेरबहादुर देउवा नेतृत्वको सरकारमा पौने ४ महिना र ओली नेतृत्वको सरकारमा पौने ५ महिना गरेर जम्मा साँढे ८ महिना प्राधिकरणको नेतृत्व गरेका थिए । उनले पुनर्निर्माणको काममा आफू सफल भएको दावीसमेत गरे ।

यस अघि प्राधिकरणको निर्देशक समितिको बैठकमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका भुसाललाई प्रधानमन्त्री ओलीले भेटसमेत नदिई फर्काईदिएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);