अनसन तोडेर वार्तामा आउन चिकित्सक गोबिन्द केसीलाई सरकारको आग्रह | ईमाउण्टेन समाचार

Our Network

पुष ६ २०८१, शनिबार

अनसन तोडेर वार्तामा आउन चिकित्सक गोबिन्द केसीलाई सरकारको आग्रह

govinda kc

काठमाडौं, २४ असार । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले चिकित्सक गोविन्द केसीलाई आमरण अनसन तोडेर वार्तामा आउन आह्वान गरेका छन् ।

मन्त्री पोखरेलले राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलाई जस्ताको तस्तै संसदमा पेश गरिएको भन्दै आमरण अनसन तोडेर वार्तामा आउन चिकित्सक केसीलाई आह्वान गरेका हुन् । उनले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग गठन गरेर शिक्षा क्षेत्रमा भएका सबै विकृति र विसंगतिलाई अन्त्य गर्न सरकार प्रतिवद्ध रहेको बताए । आईतबार प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्ले काठमाडौंमा गरेको कार्यक्रममा मन्त्री पोखरेलले सरकार केदारभक्त माथेमा आयोगको प्रतिवेदन कार्यान्वयन गर्न तयार रहेको पनि स्पष्ट पारे ।

मन्त्री पोखरेलले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिक परिषद (सिटिईभीटी) लाई पुनर्गठन गर्ने घोषणा गरे । उनले प्राविधिक शिक्षालाई आम जनताको पहुँचमा पुर्याउने गरी सिटिईभीटीलाई पुनर्गठन गर्न लागिएको स्पष्ट पारे । मन्त्री पोखरेलले शिक्षालाई जीवन उपयोगी बनाउन सबै तहको पाठ्यक्रम परिमार्जन गर्न लागिएको जानकारी दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);