काठमाडौं, २२ असार । आन्तरिक बिवादका कारण संसदमा समेत कमजोर बनेको आरोप लागेपछि नेपाली काग्रेसले आन्तरिक मुद्धामा पार्टीभित्रै संघर्ष गर्ने र जनजीबिका र राष्ट्रिय मुुद्धामा ससक्त रुपमा अघि बढ्ने तयारी गरेको छ ।
पार्टी सभापति शेर बहादुुर देउवाका कारण तीनवटै निर्वाचनमा पराजय भोगेको भन्दै असन्तुुष्ट पक्षका काँग्रेस नेताहरुले अव आन्तरिक मुद्धा पार्टीभित्रै उठाउने र त्यसलाइ बाहिर नल्याउने सहमती गरेका छन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नराम्रो हार बेहोरेपछि आपसमा आरोप–प्रत्यारोप गर्दै आएका काँग्रेस नेताहरुले पार्टीभित्रको विवाद आन्तरिक बिषय भएको ठहर गर्दै त्यस्ता विवादहरु पार्टीभित्रै समाधान गर्ने निर्णय गरेका छन ।
पार्टीका आन्तरिक मामिलाबारे पार्टी बाहिर संघर्ष चर्काउदा जनताका समस्यामा अवरोध सिर्जना भइरहेकाले अव त्यस्तो नगर्ने निष्कर्षमा काँग्रेस नेताहरु पुुगेका छन । देशको सबैभन्दा पुुरानो पार्टी काँग्रेस अहीले आएर कमजोर भएकोमा कार्यकर्तामा चिन्ता र चासो उत्तिकै बढ्दै गएको सन्दर्भमा पार्टीलाइ झन कमजोर बनाउने काम आफनै पार्टीका नेता र कार्यकर्ताबाट हुुनुभएन भनेर पार्टीभित्र बहस र छलफल भएपछि नेता र कार्यकर्ताहरु परिस्थितिको गम्भीरता बुुझेर आन्तरिक बिवादमा अल्झिन नचाहेको खुलस्त गरेका छन ।
यसैगरी सरकार जनताका समस्याप्रति गम्भीर नभएको भन्दै सरकारबिरुद्ध पाँच (स )को नीति समेत कांग्रेसले अख्तियार गरेको छ । जसमा सदन, सडक, सञ्चार माध्यम, सामाजिक सञ्जाल र सत्याग्रहमार्फत् सरकारमाथि दबाव सिर्जना गर्ने नीति ल्याएको छ । कांग्रेसलाई सशक्त र गर्विलो पार्टी बनाउन आन्तरिक बिषयलाइ पार्टीभित्रै समाधान गर्ने र राष्ट्र र जनताले भोग्नुुपरेका समस्यामा आक्रामक रुपमा लाग्ने काँग्रेस नेताहरुको दाबी छ ।