अधिग्रहण गरिएको जग्गाको मुआब्जा दिन सांसद भुषालको माग | ईमाउण्टेन समाचार

Our Network

पुष १२ २०८१, शुक्रबार

अधिग्रहण गरिएको जग्गाको मुआब्जा दिन सांसद भुषालको माग

pampha bhusal

काठमाडौं, १७ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की सांसद पम्फा भुषालले काठमाडौं–निजगढ द्रुत मार्ग निर्माणका क्रममा अधिग्रहण गरिएको जग्गाको तत्काल मूआब्जा उपलब्ध गराउन माग गरेकी छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा विषेश समय लिएर बौल्दै सांसद भुषालले द्रुत मार्ग निर्माणका लागि ललितपुरको खोकाना र बुङ्मतीका स्थानीयको अधिग्रहण गरिएको जग्गाको मुआब्जा दिन माग गरेकी हुन् । उनले द्रुतमार्ग निर्माण गर्ने क्रममा स्थानीय सम्पदा र गुठीको जग्गा नमास्न नेपाली सेना र पीडित स्थानीयबीच गरिएको सहमति तत्काल कार्यान्वयन गर्न पनि सरकारको ध्यानाकर्षण गराईन ।

त्यसैगरी सांसद हृदयेश त्रिपाठीले विशेष, संरक्षित र स्वायत्त क्षेत्रको सीमा र संख्या निर्धारण गर्ने संवैधानिक बाटो देखाउन सरकरको ध्यानाकर्षण गराए ।
सरकारले ६ महिनाको समयावधि दिएर गठन गरेको संवैधानिक आयोगले गाउँपालिका र नगरपालिकाको मात्रै सीमा र संख्या निर्धारण गरे पनि विशेष, संरक्षित र स्वायत्त क्षेत्रको सीमा र संख्या निर्धारण गर्ने दायित्व सरकारले पूरा नगरेकोमा सांसद त्रिपाठीको आपत्ति छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);