कम्युनिस्ट एकताले चुनौती थपियो : देउवा | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८२, मंगलबार

कम्युनिस्ट एकताले चुनौती थपियो : देउवा

deuba

हेटौंडा, ९ असार ।  कांग्रेस सभापति शेरबहादुर देउवाले कम्युनिस्ट एकताले चुनौती थपिएको भन्दै पार्टीभित्र एकताको खाँचो औंल्याएका छन् । कांग्रेस जिल्ला सभापतिहरूको राष्ट्रिय भेला समापनका अवसरमा बुधबार उनले कांग्रेस एक भए कसैले हराउन नसक्ने दाबी गरे ।

‘कांग्रेसमा अन्तर्घात नै ठूलो रोग हो, अघिल्लो चुनावमा पनि अन्तर्घात नभएको भए थप २५–३० सिट जित्थ्यौं,’ उनले भने, ‘अब त झन् कम्युनिस्ट एक भएका छन्, अन्तर्घातमुक्त पार्टी बनाए मात्र पहिलो नम्बरमा आउन सक्छौं ।’

उनले चुनावमा टिकट वितरणमा गल्ती भएको स्विकारे । ‘जित्छु–जित्छु भनेर आउँछन्, तिनैलाई टिकट दियौं, हार्‍यौं,’ उनले भने, ‘दबाब झेल्न सक्नुपथ्र्यो, गल्ती भएकै हो ।’ आफू प्रधानमन्त्री हुँदा गरेका निर्णय अलोकप्रिय भएका कारण पार्टी हारेको भन्ने आरोपको देउवाले खण्डन गरे । ‘आईजीपी, प्रधानन्यायाधीश प्रकरणमा गलत गरेका कारण हारेको भन्नु आरोप मात्रै हो ।

फर्जी कागजपत्र भनेपछि अर्काेलाई बनाइयो । सरकारले आफ्नो अधिकार प्रयोग गर्दा अनावश्यक हस्तक्षेप गरेपछि महाअभियोग लगाइएको हो,’ उनले भने, ‘निर्णय अलोकप्रिय भएर हारेको भए म पनि हार्नुपर्ने नि ।’ भेलाका सुझाव कार्यान्वयन र वर्तमान सरकारका बारेमा भने उनले कुनै प्रतिक्रिया जनाएनन् ।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।