काठमाडौं, ३ भदौ । प्रधानमन्त्री देउवा भारतको राजकीय भ्रमणमा आगामी बुधबार नयाँदिल्ली जाने तय भएको छ । उनले बिहीबार भारतका राष्ट्रपति रामनाथ कोविन्द, प्रधानमन्त्री नरेन्द्र मोदीसहित भारत सरकारका उच्च अधिकारीसँग भेटवार्ता गर्नेछन्।
देउवालाई राष्ट्रपतिभवनमा राख्ने व्यवस्था गरिएको छ भने सरकारी अधिकारीलाई भारतको ताजमानसिंह होटेलमा राख्ने व्यवस्था भएको परराष्ट्र स्रोतले जनाएको छ।
बिहीबार औपचारिक वार्तापछि हैदराबाद हाउसमा देउवा र भारतका प्रधानमन्त्री मोदीको संयुक्त पत्रकार सम्मेलन हुनेछ। प्रधानमन्त्री देउवा आन्ध्रप्रदेश र पटना भ्रमणमा जानेछन्। आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ।