कम्युनिष्ट एकताले विश्व कम्युनिष्ट आन्दोलनलाई आत्मसाथ गर्छ : प्रधानमन्त्री ओली | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

कम्युनिष्ट एकताले विश्व कम्युनिष्ट आन्दोलनलाई आत्मसाथ गर्छ : प्रधानमन्त्री ओली

kp oli in china

एजेन्सी, ७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको कम्युनिष्ट आन्दोलनको एकताले विश्व कम्युनिष्ट आन्दोलनलाई आत्मसाथ गर्ने विश्वास व्यक्त गरेका छन् ।

चीन भ्रमणका क्रममा बिहिबार चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय पार्टी स्कुलद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालको कम्युनिष्ट आन्दोलनको उतारचढाव र वर्तमानको शक्तिशाली सत्तारुढ पार्टीको लक्ष्यबारे स्पष्ट पारे । उनले राजनीतिक उपलब्धिलाई संस्थागत गर्दै आर्थिक समृद्धि हासिल गर्ने मुख्य लक्ष्य रहेको बताए ।

अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलन अस्तित्व रक्षाको अवस्थामा पुग्दा नेपालमा जनताको बहुदलीय जनवादको सिद्धान्तका आधारमा पार्टीलाई लोकप्रिय बनाउन सकिएको प्रधानमन्त्री ओलीको भनाइ छ । उनले नेपाल र चीनले एकआपसमा आफ्ना समाजवादी अभ्यास र मर्मलाई आत्मसात् गरेको उल्लेख गर्दै जनताले समाजवादमा मात्र वास्तविक प्रगति, न्याय र जनमुखी विकास महसुस गर्न सक्ने भएकाले विश्व पूँजीवादको प्रभाव कम गर्नु वर्तमानको आवश्यकता रहेको बताए ।

प्रधानमन्त्री ओलीले आजै चाइना कम्युनिष्ट पार्टी (सिपिसी) केन्द्रीय समितिको कार्यालयमा रहेको संग्रहालयको अवलोकन गरे । सिपिसीको पार्टी स्कुलले आयोजना गर्ने छलफलमा सहभागी हुनुपूर्व प्रधानमन्त्री ओलीले उक्त संग्रहालयको अवलोकन गरेका हुन् । संग्रहालयमा चिनियाँ कम्युनिष्ट पार्टीको इतिहास भल्काउने विविध सूचनासहितको सामग्री राखिएका छन् ।

त्यस्तै प्रधानमन्त्री ओलीले नेपाल–चीन मैत्रीपूर्ण दौड प्रतियोगिताको उद्घाटन गरे । नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले बेइजिङ युनिभर्सिटी अफ स्पोर्टमा आयोजना गरिएको प्रतियोगिताको उद्घाटन कार्यक्रममा भ्रमण टोलीमा रहेका मन्त्रीहरु र चीनका राष्ट्रिय प्रशासन सहायकमन्त्री जाओ झिदानसहित चीनका लागि नेपाली राजदूत र नेपालका लागि चिनियाँ राजदूतको सहभागिता थियो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);