काठमाडौं, ७ असार । नेपाल प्रेस काउन्सिलले विदेशबाट चलाईने फेसबुक, टुइटरको अनुगमन गर्ने भएको छ । प्रेस काउन्सिल ऐनको मस्यौदामा राष्ट्रिय , राष्ट्रियता, ब्यक्ति समुदाय जात, धर्म, ईज्जत प्रतिष्ठानमा आँच पुर्याउने प्रवृत्तिको अनुगमन गर्ने पस्ताव गरिएको छ ।
विदेशमा बसेर सामाजिक सञ्जालमार्फत नेपालबारे जभाभावी लेख्नेलाई अनुगमन गर्ने भएको हो । छापा तथा विधुतीय सञ्चारमाध्यमको रेकर्ड राख्ने, सञ्चारमाध्यम, सञ्चारकर्मीबारे केही उजुरी परे अनुसन्धान गर्ने गरेको काउन्सिलले ऐनमा नयाँ व्यवस्था गर्न लागेको हो ।
विदेशमा बस्ने नेपालीले जथाभावी लेख्ने, जात, धर्म, संस्कृतिमा खलल पुग्ने लेख्ने गरेको भन्दै ऐनमा नयाँ विषय थप्न लागिएको छ ।, आजको नागरिक दैनिकमा यो खबर छ ।