काठमाडौं, ४ असार । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचनमा अन्तरघात गर्ने पार्टीका नेता, कार्यकर्तालाई कडा कार्वाही गर्ने चेतावनी दिएका छन् ।
सभापति देउवाले पार्टी भित्रको अन्तरघातकै कारण प्रतिनिधिसभा निर्वाचनमा २५ सिट गुमाउनु परेको दावी गरेका छन् । सोमबार भरतपुरमा नेपाल दलित संघ, चितवनले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले आफू पार्टीलाई एकतावद्ध बनाउने अभियानमा लागेको बताए ।
सभापति देउवाले आफूलाई मात्रै दोष दिएर पार्टी नचल्ने बताए । उनले आगामी निर्वाचनमा पार्टीलाई पहिलो स्थानमा पु-याउने दृढता व्यक्त गरे । सभापति देउवाले पार्टीलाई एकतावद्ध बनाउन सबै पक्ष लाग्नुपर्नेमा जोड दिए ।