काठमाडौं, ४ असार । न्याय परिषदको परिक्षा प्रणालीबाट जिल्ला न्यायाधीश नियुक्ती गर्ने निर्णय बदर गर्न माग गर्दै सर्वाेच्च अदालतमा सोमबार रिट दायर गरिएको छ ।
परिक्षा प्रणालीबाट १६ जना जिल्ला न्यायाधिश नियुक्त गर्ने न्याय परिषदको निर्णय बदर गर्न माग गर्दै उज्ज्वलराम श्रेष्ठले सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । संविधान र न्याय परिषद ऐन बाझिने गरी गरिएको सो निर्णय बदर गर्नुपर्ने रिट निवेदक श्रेष्ठको दावी रहेको सर्वोच्च अदालतका सहायक प्रवक्ता नगेन्द्रकुमार कालाखेतीले जानकारी दिए ।
न्याय परिषदको निर्णय अनुसार परिक्षा प्रणालीबाट १६ जना जिल्ला न्यायाधिशहरु नियुक्त भईसकेका छन् । सोही निर्णय बदर गर्न माग गर्दै दायर गरिएको रिटमा न्याय परिषद र न्याय सेवा आयोगलाई विपक्षी बनाइएको छ ।