अनि बग्छ दुध सडकमा...दैनिक २ लाख लिटर दुधलाई बजार छैन ! | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८१, शनिबार

अनि बग्छ दुध सडकमा…दैनिक २ लाख लिटर दुधलाई बजार छैन !

milk dudh

काठमाडौं, ४ असार । अझ हिउँदमा दुध कम उत्पादन हुन्छ र किसान घाटामा पर्छन् । जव बर्षा आउँछ र हरियाली छाउँछ, दुधको उत्पादन पनि बढ्छ । तर, त्यही वेला व्यापारीले किन्दैनन् ।

त्यसैले निराश किसानले सडकमा दुधसँगै आफ्नो आक्रोश पोख्छन् । अहिले दैनिक ५० लाख लिटर दुध उत्पादन भईरहेको छ ।  त्यसमध्ये २५ लाख लिटर दूध किसान आफैंले प्रयोग गर्छन् । करिब १८ लाख लिटर दूध अनौपचारिक क्षेत्रमा खपत हुन्छ, जसको कुनै तथ्यांक छैन ।,

७ लाख लिटर डेरी उद्योगका लागि सहकारी तथा तिचस्यान केन्द्रहरुमा संकलन हुन्छ । तर डेरी उद्योगले दैनिक ५ लाख लिटर दूध मात्रै लिइरहेका छन् । यो तथ्यांकअनुसार दैनिक २ लाख लिटर दूधले बजार पाउन सकेको छैन । आजको नयाँ पत्रिकामा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);