खुम्बु पदमार्गमा सडक सुविधा नपुगेकाले समस्या | ईमाउण्टेन समाचार

Our Network

असोज १२ २०८१, शनिबार

खुम्बु पदमार्गमा सडक सुविधा नपुगेकाले समस्या

विक्रम श्रेष्ठ
सोलुखुम्बु, २ असार । आन्तरिक तथा बाह्य पर्यटकको रोजाईमा पर्ने खुम्बु पदमार्गमा सडक सुविधा नपुगेका कारण पैदल यात्रासँगै ढुवानीमा समेत समस्या हुने गरेको छ । तर पछिल्लो समय खुम्बुलाई जोड्ने गरी सोलुखुम्बुको तल्लो क्षेत्रमा सडक पहुँच पुगेकाले केही सहज भएको स्थानीय र पर्यटकहरुले बताएका छन् ।

हिमाली जिल्ला सोलुखुम्बुको सोलु र खुम्बु क्षेत्रलाई जोड्ने गरी अहिले सडक निर्माण भइरहेको छ । त्यसो त जिल्लाको तल्लो क्षेत्र र माथिल्लो क्षेत्रलाई जोड्ने दुधकोशी नदी किनारसम्म सडकको ट्रयाक पनि खोलिएको छ ।

माप्य दुधकोशी गाउँपालिका अन्तर्गत पर्ने बासास्थित ठूलोढुंगा अँधेरीसम्म यातायातका साधन संचालन हुन थालेपछि दुर्गम मानिने बासा काँकु क्षेत्रका नागरिकले राहत महशुस गरेका छन् ।

अहिले सदरमुकाम सल्लेरीबाट अँधेरीसम्म करिब ४० किलोमिटर कच्ची सडक जसोतसो चलिरहेको छ । बर्षात्को समयमा समेत यातायात सहज बनाउन अहिले धमाधम मर्मतकार्य भइरहेको माप्य दुधकोशी गाउँपालिकाले जनाएको छ।

बासाबाट दुधकोशी नदी पार गरी जुभीङ हुँदै चौरीखर्क जोडिने सडकसँग यस सडकलाई जोड्न गाउँपालिकाले आगामी आर्थिक बर्षको योजना बनाएको छ । देशकै महत्वपुर्ण उक्त पदमार्गमा सडकको सुविधा पु¥याउन सके पदयात्रीले प्रतिकुल मौसमको प्रभावमा लुक्ला विमानस्थलको चिन्ता गरिरहनु पर्ने थिएन ।

अहिले लुक्ला हुँदै पैदलयात्री अँधेरीदेखि सवारी साधनको प्रयोग गरी गन्तब्य जाने गरेका छन् । सडकको ट्रयाक खुल्दा मात्रै पनि यस क्षेत्रका नागरिकले सस्तोमा सामाग्रि ढुवानी गर्न पाएका छन् भने उत्पादित कृषि उपजलाई बजारसम्म लैजान समेत कृषकलाई राहत पुगेको छ । टाक्सीन्दु हुँदै खुम्बु जोड्ने सडकलाई बासा क्षेत्रको यस सडकले समेत बैकल्पिक मार्ग बनाउने निचिश्त छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);