एकैदिन चार कफिन | ईमाउण्टेन समाचार

Our Network

मंसिर १० २०८१, सोमबार

एकैदिन चार कफिन

coffin

काठमाडौं, २ असार । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षबाट शुक्रबार बिहान ३ नेपाली श्रमिकका शव राखिएका कफिन निकालिए । कफिनमा शव थियो– भूपेन्द्र दर्लामी मगर, रामसिस मुखिया र दीपक श्रेष्ठको ।

कतारबाट ल्याइएका भूपेन्द्र र रामसिसको कफिन सँगै निकालिएको थियो । साउदीबाट ल्याइएको दीपकको शव रहेको कफिन भने अलि पछि निकालियो । दीपकसँगै पठाइएको जितेन्द्रप्रसाद कहरको शव बुझ्न साँझ मात्रै आफन्त विमानस्थल पुगे ।

वैदेशिक रोजगार सिलसिलामा लाखौं नेपाली विभिन्न देशमा कार्यरत छन् । विभिन्न कारण विदेशमा दिनहुँ नेपालीको मृत्यु हुने गरेको छ । विमानस्थलमा दिनहुँ कसै न कसैको कफिन आइपुग्छ ।

शुक्रबार भने एकै दिन ४ कफिन आइपुगे । काठमाडौंका दीपक श्रेष्ठ सानैमा आमा गुमाएकी एक्ली सन्तान पूजालाई घरमा छाडेर साउदी अरेबिया गए । विदेशमा पसिना बगाएर छोरी पढाउने सपना देखेका उनको रियादमा काम गर्दागर्दै गत जनवरी २५ मा मृत्यु भयो ।

सहाराविहीन पूजालाई यो समाचारले कम्ती विक्षिप्त बनाएन । त्यसमाथि बुबाको शव ल्याउन खेप्नुपरेको सास्तीले उनी हैरान भइन् । खाडी र मलेसियामा कामदार मृत्यु हुनेमा सन् २०१७ मा ९५७ जना रहेका छन् ।

पछिल्लो ९ वर्ष ५,८९२ मध्यृ महिला १२७ छन् । खाडीमा नेपालीले ज्यान गुमाउने प्रमुख कारणमा कमजोर अभिमुखीकरण, ट्राफिक नियम नजानेर, दिनमा चर्को गर्मी, रातमा अति चिसोमा सुत्ने र जीवनशैली रहेको पाइएको छ ।

खाडी र मलेसियामा कामदार मृत्यु

सन् २०१७ ९५७ जना

पछिल्लो ९ वर्ष ५,८९२ (महिला १२७)

प्रमुख कारण

– कमजोर अभिमुखीकरण

– ट्राफिक नियम नजानेर

– दिनमा चर्को गर्मी, रातमा अति चिसोमा सुत्दा

– जीवनशैली

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);