लोकसेवा आयोगको प्रतिष्ठामा कतैबाट आँच आउने काम नहोस्: राष्ट्रपति | ईमाउण्टेन समाचार

Our Network

मंसिर १७ २०८१, सोमबार

लोकसेवा आयोगको प्रतिष्ठामा कतैबाट आँच आउने काम नहोस्: राष्ट्रपति

काठमाडौं, १ असार । राष्ट्रपति विद्या देवी भण्डारीले लोकसेवा आयोगले दक्ष र योग्य मानव शंसाधन चयनमा हासिल गरेको महत्व, गरिमा र प्रतिष्ठालाई बचाई राख्नुपर्ने बताएकी छन् ।

लोक सेवा आयोगको ६८ औ बार्षिकोत्सवका अवसरमा शुक्रबार राजधानीमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले आयोगको प्रतिष्ठामा कही कतैबाट आँच आउने काम हुन नदिने तर्फ गम्भीर बन्न आयोग पदाधिकारीलाई सचेत गराएकी छन् ।

उनले देशको स्थायी सरकारको रुपमा चिनिने मुलुकको प्रशासन र अन्य क्षेत्रमा प्रतिभाशाली, दक्ष र योग्य मानव शंसाधन प्रवेश गराउने जिम्मेवारी बोकेको लोकसेवा आयोगको कार्यमा निश्पक्षता, पारदर्शीता र गुणस्तरियता सधै कायम रहनुपर्नेमा जोड दिइन् ।

उनले राष्ट्रसेवामा कुशलतापुर्वक लाग्ने जनशक्तिलाई त्यस दिशामा समाहित गराउने जिम्मेवारी सम्हालेको लोक सेवा आयोगको महत्व, गरिमा र प्रतिष्ठामा आँच आउने कुरा कतैबाट हुनु हुँदैन भन्ने तथ्यलाई गम्भीरताका साथ मनन गर्नुपर्ने आवश्यकता औल्याइन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);