काठमाडौं, १ असार । सरकार निकै मजबुत बनेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनिसकेपछि सरकार संचालन गर्नको लागि पर्याप्त अंक थियो । त्यसमाथि संघिय समाजवादी फोरमपनि सरकारमा सहभागी भएपछि अझ मजबुत भएको छ । सरकारले समृद्धि प्राप्त गर्न अगाडी बढ्छौ भनेको छ । राजपा नेपालका नेताहरुले पनि सरकारमा सहभागी हुन आमन्त्रण भएको छ भनेर आफ्नो भनाई राखिरहेका छन् । समृद्धि प्राप्त गर्न सरकारको बाधक के र को छ ? प्रधानमन्त्री ओली चीन भ्रमणको तयारीमा छन् र पहिलाको भ्रमणमा गरिएको सहमति अगाडी बढ्छ वा नया सम्झौताहरु हुन्छन भन्ने प्रस्न पनि उठेको छ । सरकार संचालनको सवालमा पनि प्रस्न उठेको छ । सभामुख र उपसभामुख किन एउटै पार्टीको रहेको भनेर सरकार सामु प्रस्न तेर्सिएको छ । कार्यक्रम ‘खरो प्रस्न’मा प्रस्तोता प्रकाश गिरीले वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारीसँग गरेको कुराकानी हेर्नुहोस् :
सरकार संविधान मिचेर अधिनायकवादी पथमा हिंडदैछ : ध्रुवहरि अधिकारी (भिडियो सहित)
ताजा समाचार
प्रधानमन्त्री ओली आज चीन भ्रमणमा जाँदै
१४ घन्टा अघि