विभागस्तरीय कार्यालय नघटाउन चलखेल | ईमाउण्टेन समाचार

Our Network

फागुन १८ २०८१, आइतबार

विभागस्तरीय कार्यालय नघटाउन चलखेल

sanghiya mantralaya

काठमाडौं, ३० जेठ । केन्द्रको अधिकार प्रदेश र स्थानीय तहमा गइसक्दा पनि सरकारले संरचना घटाएको छैन ।

संविधानबमोजिम प्रदेश र स्थानीय तहको क्षेत्राधिकारमा परेका कार्यहरु गर्ने विभाग र विभागस्तरीय कार्यालयहरु घटाउन केन्द्र कर्मचारी र मन्त्रीहरुसमेत तयार नभएको पाइएको छ ।

२१ वटा मन्त्रालयअन्तर्गत हाल ६४ वटा विभाग रहेका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको संगठन तथा व्यवस्थापन सर्वेक्षण समिति ओ एन्ड एमले केन्द्रमा ५४ वटा विभाग र त्यस स्तरका कार्यालय रहने प्रतिवेदन पेस गरेको थियो ।

त्यसमध्ये ३९ वटा विभाग स्वीकृत भइसकेको छ । १९ वटाको संगठन संरचना मन्त्रिपरिषदमा पेश गर्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए । आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा समाचार छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);