काठमाडौं, २६ जेठ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर तिर्थराज खनियाले विश्वविद्यालयले शैक्षिक क्यालेण्डर कायम गर्न नसकेको स्वीकार गरेका छन् ।
शनिबार काठमाडौंंमा नेपाल विद्यार्थी संघले गरेको शिक्षाको वैज्ञानिक विकास र व्यवस्थापन विषयक अन्तरक्रियामा उपकुलपति खनियाले समय सिमाभित्र परीक्षा लिन नसक्नु र परीक्षाको नतिजा सार्वजनिक गर्न नसक्नु नै विश्वविद्यालयको कमजोरी भएको बताए ।
त्रिभुवन विश्वविद्यालयको नेतृत्व सम्हालेका खनियाँले त्रिविमा भएका विविध समस्याको समाधान गर्न नसक्नु नै ठूलो कमजोरी भएको स्वीकार गरे । स्नातक तह र स्नातकोतर तहसम्मका विद्यार्थीको समयमा परीक्षा र नतिजा सार्वजनिक गर्न नसक्दा त्यसको प्रत्यक्ष असर विद्यार्थीहरुमा परेको उनले बताए ।
तीन वर्ष अघि नियुक्त भएका खनियाले तीन वर्षको अवधि नियम कानुन बनाएर टरेको भन्दै बाँकी एकवर्षको अवधिमा के गर्ने भन्ने अन्योल बढेको बताए ।