संसदमा बजेटमाथिको छलफल नसकिँदै बजारमा खाद्यान्नको मूल्य बढ्याे | ईमाउण्टेन समाचार

Our Network

असार ८ २०८१, शुक्रबार

संसदमा बजेटमाथिको छलफल नसकिँदै बजारमा खाद्यान्नको मूल्य बढ्याे

तेजना पण्डित

काठमाडौँ, १८ जेठ ।  आर्थिक बर्ष २०७५/०७६को बजेट आएलगत्तै बजारमा खाद्यान्नको मुल्य बृद्धि भएको छ । उपभोक्ताले आकस्मिक रुपमा मूल्य बढेको गुनासो गर्न थालेका छन् । विक्रेताहरु पनि थोक व्यापारीले मूल्य बढाएको बताएका छन् । तर, थोक विक्रेताले भने मूल्यबृद्धि नभएको दाबी गरेका छन् ।

सरकारले आर्थिक बर्ष २०७५/०७६ को बजेटमार्फत यसअघि दिइँदै आएको छ प्रतिशत भ्याट फिर्ता नगर्ने र कच्चा पदार्थमा समेत पाँचप्रतिशत अन्तशुल्क बढाउने निर्णय गरेको थियो । बजेट आएको तीन दिन नबित्दै व्यापारीहरुले त्यसको फाइदा उठाउन सुरु गरेका उपभोक्ताको गुनासो छ ।

बजेट आएलगत्तै दैनिक उपभोग्य खाद्यवस्तु चामल, दाल, तेल लगायतका बस्तुमा मूल्यबृद्धि भएको उपभोक्ता बताउँछन् । तेलमा प्रतिकार्टुन २०० रुपैयाँ तथा चामलमा २५ केजीको प्याकमा सयदेखी एकसय ५० बढी मूल्य तिर्नु परेको उपभोक्ताको गुनासो छ ।

खुद्रा ब्यापारीहरुका अनुसार बजेट भाषण भएकै दिनदेखि होलसेलरले खाद्यान्नको मुल्यबृद्धि गरेका हुन् । खुद्रा व्यापार संघका अध्यक्ष पवित्र बज्राचार्य बजेट भाषणलगत्तै होलसेल व्यापारीले दाल, तेल, चामल, चिनी लगायतका बस्तुको मुल्य बृद्धि गरेकाले आफूहरुले उपभोक्तालाई मूल्य बढाएर बोच्नुपरेको बताउँछन् ।

होलसेल व्यापारी भने खाद्यसामग्री नेपालमा उत्पादन नहुने भएकाले मूल्यबृद्धिमा आफ्नो हात नभएको बताएका छन् । दाल, चामल, चिनी भारतबाट आउने भएकाले ती बस्तुहरुको मुल्य बजेट भाषणको कारण नभइ पहिल्यैबाट बृद्धि भएको उनीहरुको दाबी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);