१८ औं विश्व दूध दिवस विभिन्न कार्यक्रम गरी मनाइयो | ईमाउण्टेन समाचार

Our Network

असार १२ २०८१, मंगलबार

१८ औं विश्व दूध दिवस विभिन्न कार्यक्रम गरी मनाइयो

milk day (1)

प्रतिक्षा शर्मा
काठमाडौं, १८ जेठ
। १८ औं विश्व दूध दिवस विभिन्न कार्यक्रम गरी शुक्रबार मनाइएको छ । दुग्ध क्षेत्रको प्रबद्र्धन गर्ने उद्देश्यले दुग्ध विकास बोर्डको संयोजकत्वमा ‘पालौं पशु कमाऔं धन, शुद्ध दूध स्वस्थ जीवन’ भन्ने नाराका साथ दिवस मनाइएको हो ।

नेपालमा दूध दिवस मनाउन थालिएको आठ वर्ष भयो । संयुक्त राष्ट्रसंघ कृषि तथा खाद्य संगठन एफएओको संयोजकत्वमा विश्वभर जुन १ तारिखलाई विश्व दूध दिवसका रुपमा सन् २००१ देखि मनाइँदै आइएको छ । नेपालमा मनाइने दिवसमा पशुसेवा विभाग, पशु उत्पादन निर्देशनालय, नेपाल डेरी एसोसिएसन, डेरी उद्योग संघ, दुग्ध विकास संस्थान, केन्द्रीय दुग्ध सहकारी संघ, केन्द्रीय पशुपन्छी पालन सहकारी संघलगायतका संघ–संस्थाले सहकार्य गरेका छन् । कार्यक्रममा सहभागीहरुले दुग्ध क्षेत्रले नेपालको अर्थतन्त्रमा ९ प्रतिशत योगदान दिएपनि यसको उचित व्यवस्थापन र बजार प्रबद्धन नभएका कारण यस क्षेत्रमा निराशा फैलिएको बताएका थिए ।

हरेक बर्ष दूध उत्पादन कम हुँदा किसानहरु समस्यामा पर्ने गरेका छन् । यो समस्या समाधान गर्न सम्बन्धित निकायले विशेष ध्यान दिनुपर्ने र व्यापारीहरुले पनि स्वस्थ्य प्रतिस्पर्धा गर्नुपर्ने अधिकारीहरु बताउँछन् ।

कार्यक्रममा कृषि तथा सहकारीमन्त्री चक्रपाणी खनालले कृषक र व्यापारीहरुले आफ्नो उत्पादनमा अन्तर्राष्ट्रिय स्तरको गुणस्तर कायम गर्नुपर्नेमा जोड दिए । उनले धेरै कमाउनका लागि गुणस्तरमा ध्यान नदिएको जनगुनासो धेरै आएकाले मर्यादित भएर उत्पादन र बजारीकरण गर्न आग्रह पनि गरे ।

एफएओको मापदण्ड अनुसार स्वच्छ रहन हरेक वर्ष प्रतिव्यक्ति कम्तिमा ९१ लिटर दूध उपभोग गर्नुपर्छ । नेपालमा यो दर ७२ लिटर छ । गत वर्ष मुलुकभर १९ लाख मेट्रिक टन दूध उत्पादन भएको तथ्यांक छ । नेपालमा उत्पादन हुने दूधको १७ प्रतिशत मात्र औपचारिक क्षेत्रबाट दुग्ध सहकारी र उद्योगमार्फत कारोबार हुँदै आएको छ भने ३३ प्रतिशत अनौपचारिक रुपमा उपभोक्तासम्म जाने गरको छ । ५० प्रतिशत दूध कृषक आफैंले उपभोग गर्ने गरेको तथ्यांक छ ।

milk day

milk day (2)

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);