बजेट अस्पष्ट र लक्ष्यहीन भएको भट्टराईको टिप्पणी | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

काठमाडौं, १८ जेठ । नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले सरकारले ल्याएको बजेट लक्ष्यहीन र अस्पष्ट भएको बताएका छन् । आज प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्ष २०७५-०७६ को बजेटमाथि धारणा राख्दै उनले आर्थिक समृद्धिका लागि बजेटको मार्गचित्र अस्पष्ट रहेको बताएका हुन् ।

भट्टराईले बजेटले मुलुकको प्राथमिकताको बिषय फेला पार्न नसकेको र सबैलाई छुने मात्रै प्रयास गरिएको बताए । उनले साना बचतकर्तालाई पनि पूँजीबजारमा आउने प्रबन्ध मिलाई पूँजी निर्माण र खर्च वृद्धिमा बजेटले ध्यान दिन नसकेको टिप्पणी गरे ।

शिक्षा र स्वास्थ्य क्षेत्र नीजिकरण गर्ने र पूँजीगत लाभकर ५ बाट बढाएर साढे ७ प्रतिशत पुर्‍याउने तथा ब्रोकरको भ्याट हटाउने अर्थमन्त्रीको कदम गलत भएको भट्टराईको भनाइ थियो ।

सरकारले गत मंगलबार आगामी आर्थिक वर्षका लागि १३ खर्ब १५ अर्ब रुपैयाँको बजेट ल्याएको थियो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);