हत्यारालाई आममाफि दिनु न्यायलयमाथिको धावा : विश्वप्रकाश | ईमाउण्टेन समाचार

Our Network

असोज २९ २०८१, मंगलबार

हत्यारालाई आममाफि दिनु न्यायलयमाथिको धावा : विश्वप्रकाश

काठमाडौं, १६ जेठ । नेपाली कांग्रेसले बालकृष्ण ढुंगेललाई आममाफि दिएकोप्रति आपत्ति जनाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार सानेपामा गरेको पत्रकार सम्मेलनमा प्रमाणित हत्यारालाई माफि दिनु न्यायलयमाथिको धावा भएको बताए ।

प्रवक्ता शर्माले हिजो कांग्रेसलाई माओवादी बोकेको अरोप लगाउने प्रधानमन्त्री ओलीले सरकारमा गएसँगै हत्यारा काँधमा बोकेको टिप्पणी गरे । त्यस्तै कांग्रेसले मदन भण्डारी हत्याका दोषीलाई सजाय माफीको सिफारिस आएको भए माफि दिनुहुन्थ्यो भन्दै राष्ट्रपतिलाई प्रश्न गरेको छ ।

विधिको शासनका पक्षमा कांग्रेसले आवाज उठाउँदा अनेक कोणबाट प्रश्न गरिएको भन्दै प्रवक्ता शर्माले कम्युनिष्ट सरकार बनेपछिको पहिलो गणतन्त्र दिवसले कम्युनिष्ट सरकारको प्रतिबद्धता छर्लङ्ग पारिदिएको बताए ।

उनले प्रधानमन्त्रीले महंगिका विषयमा उठेको प्रश्नमा समेत ९० सालमा सुकामानो घिउ थियो भन्ने गैरजिम्मेवार जवाफ दिएको भन्दै पदीय मर्यादा नभूल्न ध्यानाकर्षण गराए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);