काठमाडौं, १५ जेठ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकारको आगामी आर्थिक वर्षको बजेट उत्साहजनक नरहेको प्रारम्भिक टिप्पणी गरेको छ । काँग्रेस युवा नेता गगन थापाले बलियो सरकारले ल्याएको बजेटले आफूलाई उत्साहित नबनाएको प्रतिक्रिया दिए ।
अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट पेश गरेलगत्तै संघीय संसद भवन परिसरमा संचारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिँदै उनले डरको माझबाट बजेट आएको अनुभूति भएको बताए । निर्वाचन क्षेत्रका लागि छुटट्याएको बजेट डरको बीचबाट आएको नेता थापाको दावी छ ।
नेता थापाले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले ठूलै उत्साह भर्ने गरी बजेट ल्याउने आफूहरुको समेत अपेक्षा रहेपनि सो अनुसार आउन नसकेको स्पष्ट पारे ।




