बालकृष्ण ढुंगेललाई आममाफी नदिन विरोध प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८१, आइतबार

बालकृष्ण ढुंगेललाई आममाफी नदिन विरोध प्रदर्शन

balkrishna

काठमाडौं, १३ जेठ । हत्याको अभियोगमा सर्वस्वसहित जन्मकैदको सजाय भुक्तान गरिरहेका बालकृष्ण ढुंगेललाई आममाफी नदिन माग गर्दै द्वन्द्वपीडितहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

द्वन्द्वपीडितहरुले आइतबार काठडमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गर्दै हत्याको अभियोगमा जेलसजाय भोगिरहेका तत्कालिन नेकपा माओवादीका केन्द्रका नेता बालकृष्ण ढुंगलेललाई सरकारले आममाफी दिन लागेको भन्दै विरोध प्रदर्शन गरेका हुन् ।

ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्यामा संलग्न रहेको प्रमाणको आधारमा सर्वोच्च अदालतको आदेश अनुसार ढुंगलले सर्वस्वसहित जन्मकैदको सजाय भुक्तान गरिरहेका छन ।

सरकार राजनीतिक आडमा द्वन्द्वपीडितमाथि झनै आघात पुग्ने गरी हत्याराहरुलाई कार्वाही गर्नुको साटो उन्मुक्ति दिने दिशातर्फ उन्मुख रहेको उनीहरुको आरोप छ । सर्वोच्च अदालतले पनि ढुंगेललाई आममाफी दिनुपर्ने लिखित कारण पेश गर्न सरकारलाई आदेश दिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);