‘साझा आर्थिक कार्यक्रम‘ बनाएर मुलुकलाई समृद्ध बनाउने दिशामा अघि बढ्न सरकारलाई सुझाव | ईमाउण्टेन समाचार

Our Network

असोज २१ २०८१, सोमबार

‘साझा आर्थिक कार्यक्रम‘ बनाएर मुलुकलाई समृद्ध बनाउने दिशामा अघि बढ्न सरकारलाई सुझाव

rastriya sava sadhasaya

काठमाडौं, ११ जेठ । राष्ट्रियसभाका सांसदहरुले ‘साझा आर्थिक कार्यक्रम‘ बनाएर मुलुकलाई समृद्ध बनाउने दिशामा अघि बढ्न सरकारलाई सुझाव दिएका छन ।

नेपाली कांग्रेसका सांसद जितेन्द्र देवले सरकारलाई प्रमुख प्रतिपक्षलाई पनि साथ लिएर मुलुकलाई समृद्ध बनाउने दिशामा अघि बढन सरकारको ध्यानाकर्षण गराए । शुक्रबार राष्ट्रियसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले सरकारले नीति तथा कार्यक्रममा राष्ट्रियतामाथि अनावश्यक ढंगले बढाईचढाई गर्ने काम भएको टिप्पणी गरे ।

यता, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका सांसद खिमलाल भट्टराईले मुस्लिम समुदायको मदर्सालाई पनि शिक्षाको राष्ट्रिय मूल धारमा ल्याउन सरकारलाई सुझाव दिए । उनले सरकारको नीति तथा कार्यक्रम सामयिक भएको दावी गर्दै त्यसमाथि प्र्रश्न नउठाउन पनि विपक्षी काग्रेससँग आग्रह गरे । सांसद भट्टराईले सरकारको नीति तथा कार्यक्रमले कृषि क्षेत्रको आधुनिकीकरणमा जोड दिएको पनि स्मरण गराउनु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);