काठमाडौं, ११ जेठ । सरकारद्धार प्रस्तुत नीति तथा कार्यक्रममाथि छलफल भइरहँदा अधिकांश सांसद बैठक भत्ताका लागि हाजिर गरेर बाहिरिने गरेका छन् ।
बिहीबारको संसद बैठकमा पनि यस्तै दृश्य देखियो । हाजिर गर्नेको संख्या बढी भए पनि २ दिनको छलफलमा धेरै जसो कुर्सी खाली देखिन्थ्यो । ख्याल रहोस्, हाजिर भएपछि सांसदहरुले सांसद भत्ता र यातायात सुविधाबापत १ १ हजार गरी दुई हजार रुपैयाँ पाउँछन् । आजको नेपाल समाचारपत्रले पहिलो पृष्ठमा यो समाचार छापेको छ ।