काठमाडौं, १० जेठ । चीन सरकारले चक्रपथको कलंकी महाराजगन्ज ८ लेन विस्तार गरिदिने भएको छ ।
अब उक्त सडक ६२ मिटर चौडाइ हुनेछ । कलंकी सातदोबाटो कोटेश्वर खण्ड (१०) किमि विस्तार गर्दै आएको चीनले पुनः कलंकी महाराजगन्ज विस्तार गर्ने भएको छ । चीन सरकारको अनुदान सहयोगमा चक्रपथको निर्माण सुधार विस्तार कार्य हुने काठमाडौं चक्रपथ सुधार आयोजनाले जनाएको छ ।
सडकको केन्द्रबिन्दुबाट दायाँ बायाँ ३१/३१ मिटरभित्र रहेका स्थायी वा अस्थायी संरचना तत्काल हटाउन अनुरोधसमेत गरेको छ । आजको कान्तिपुरको पृष्ठ १८ मा यो समाचार छापिएको छ ।