चिनीयाँ पाइलटले अनुमति पाएनन्, श्रीलंकाबाट पाइलट ल्याइने | ईमाउण्टेन समाचार

Our Network

पुष २० २०८१, शनिबार

चिनीयाँ पाइलटले अनुमति पाएनन्, श्रीलंकाबाट पाइलट ल्याइने

pailot

काठमाडौं, १० जेठ । नेपाल वायुसेवा निगमले चिनीयाँ वाई १२ ई जहाज उडानका लागि ल्याउन लागेको चिनीयाँ क्याप्टेनहरु अयोग्य भएको ठहर गर्दै नेपाल ल्याउन अनुमति नदिइने भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले निगमले ल्याउन लागेको पाइलट कमर्सियल पाइलट लाइसेन्स सीपीएल बाहक मात्रै रहेको भन्दै अनुमति दिन अस्विकार गरेको छ । प्राधिकरणको नियममा नेपालमा दर्ता भएका जहाज उडान गर्न पाइलटसँग एयरलाइन्स ट्रान्सपोर्ट पाइलट लाइसेन्स एटीपीएल अनिवार्य हुनुपर्ने व्यवस्था गरेको छ ।

ुचिनीयाँ पाइलटको योग्यता नेपालको मापदण्डअनुसार नमिलेपछि चिनीयाँ पाइलट ल्याउने रद्द गरेर श्रीलंकाबाट ल्याउने तयारी अघि बढाएका छौुं, निगमका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारले भने । आजको कारोबारले पहिलो पृष्ठमा समाचार छापेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);