रसुवागढी–काठमाडौं रेलमार्गको प्रारम्भिक अध्ययन बल्ल सुरु | ईमाउण्टेन समाचार

Our Network

असोज २४ २०८१, बिहीबार

रसुवागढी–काठमाडौं रेलमार्गको प्रारम्भिक अध्ययन बल्ल सुरु

rail

काठमाडौं, ८ जेठ । सरकारले रसुवागढी–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्गको निर्माण एक वर्षभित्र सुरु गर्ने घोषणा गरेकै दिन चीनले रेलमार्गको अध्ययन सुरु गरेको छ ।

चीनले प्राविधिकहरुको टोली पठाएर रेलमार्गको प्रारम्भिक अध्ययन सुरु गरेको हो । चाइना रेल्वे फस्र्ट सर्भे एन्ड डिजाइन इन्स्टिच्युटको प्राविधिक टोली अध्ययनका लागि आज केरुङ गएको छ । चिनीयाँ टोलीसँगै रेल विभागका अधिकृतहरु पनि केरुङ गएका छन् । टोलीले केरुङदेखि काठमाडौंमा पर्ने विभिन्न भागको भौगोलिक अवस्थाको अध्ययन गर्ने छ ।

भौगोलिक रुपमा केरुङको रेल काठमाडौं ल्याउन निकै जोखिमपूर्ण रहेको प्राविधिकहरुले बताएका छन् । चिनियाँ टोलीले सोमबार काठमाडौंका विभिन्न स्थानको अवलोकन गरेको थियो । चिनीयाँ टोलीले केरुङको रेल काठमाडौंमा ल्याउन सम्भव भए/नभएको बारेमा आगामी भदौ १५ गतेसम्म प्रारम्भिक अध्ययन प्रतिवेदन तयार पार्ने छ । अध्ययनका क्रममा लाग्ने खर्च चीनले नै व्यहोर्ने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);