नीति तथा कार्यक्रमको निजी क्षेत्रद्वारा स्वागत | ईमाउण्टेन समाचार

Our Network

असोज ३ २०८१, बिहीबार

नीति तथा कार्यक्रमको निजी क्षेत्रद्वारा स्वागत

binod

काठमाडौं, ७ जेठ । सरकारको नीति तथा कार्यक्रमलाई निजी क्षेत्रले सकारात्मक भनेको छ । यद्यपि, कार्यान्वयन हुनेमा भने उद्योगी तथा व्यवसायीले सशंय व्यक्त गरेका छन् ।

उद्योगी तथा व्यवसायीले नीति तथा कार्यक्रममा समेटिएका योजना सकारात्मक भएपनि कार्यान्वयनको पाटोमा सरकार चुक्न नहुनेमा जोड दिएका छन् । नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले सरकारले ल्याएको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न सके आगामी पाँच वर्षमा अर्थतन्त्रमा कायापलट हुने बताए ।

शर्माले नीति तथा कार्यक्रम सधैं राम्रा आएर पनि कार्यान्वयनमा समस्या रहेको भन्दै यस पटक त्यो कमजोरी नदोहो-याउन सरकारलाई सुझाव दिए । कांग्रेस सांसदसमेत रहेका उद्योगी विनोद चौधरीले नीति तथा कार्यक्रम केही महत्वकांक्षी कार्यक्रम रहेको भन्दै आफूले त्यसको पूर्ण कार्यान्वयन हेर्न चाहेको बताए ।

उद्योगीहरुले योजना कार्यान्वयनमा कमजोरी नगर्ने हो भने सरकारले ल्याएका नीति तथा कार्यक्रमको औचित्य स्थापित हुने बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);