२ वर्ष भित्र विद्यालय भवन पुनर्निर्माणको काम सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

पुष २५ २०८१, बिहीबार

२ वर्ष भित्र विद्यालय भवन पुनर्निर्माणको काम सम्पन्न

Girirajmani Pokhrel

काठमाडौं, ७ जेठ । सरकारले २ वर्ष भित्र विद्यालय भवन पुनर्निर्माणको कामलाई सम्पन्न गर्ने योजना अघि सारेको छ । भूकम्पले ध्वस्त बनाएको विद्यालय भवन पुनर्निर्माणको कामले गति नलिएको भन्दै सर्वत्र आलोचना भईरहेका बेला शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले २ वर्ष भित्र पुनर्निर्माणको काम सम्पन्न गर्ने योजना अघि सारेका हुन् ।

सोमबार काठमाडौंस्थित दरबार हाईस्कुलको निरीक्षणपछि आयोजित कार्यक्रममा बोल्दै उनले २ वर्ष भित्र सबै विद्यालय पुनर्निर्माणको काम सम्पन्न गर्न आफूले एकपछि अर्को विद्यालय निरीक्षणको काम सुरु गरेको बताए ।

उनले भूकम्पले ध्वस्त बनाएको विद्यालय भवन निर्माणको काममा तीव्रता दिन स्थानीय तह, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग आवश्यक समन्वय भईरहेको बताए ।

मन्त्री पोखरेलले विद्यालय भवनको पुनर्निर्माणको कामलाई गति दिन सुरक्षित विद्यालयको अवधारणा अघि सारिएको जानकारी दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);