एमाले-माओवादी एकता टिकाउ नहुने बिजुक्छेको ठोकुवा | ईमाउण्टेन समाचार

Our Network

असोज १४ २०८१, सोमबार

एमाले-माओवादी एकता टिकाउ नहुने बिजुक्छेको ठोकुवा

काठमाडौं, ४ जेठ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता सैद्धान्तिक नभएको टिप्पणी गरे । अध्यक्ष बिजुक्छेले पदीय भागबन्डाको आधारमा दुई पार्टीबीच एकता भएकाले त्यो टिकाउ नहुने ठोकुवा गरेका छन् ।

शुक्रबार भक्तपुरमा स्थानीय संचारकर्मीमाझ कुराकानी गर्दै उनले पार्टी एकताको आधार सिद्धान्त नभएकाले केही वर्ष भित्रै नवगठित नेपाल कम्युनिष्ट पार्टीमा फुट आउने ठोकुवा गरे ।

अध्यक्ष बिजुक्छेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षामा भारतीय सुरक्षा फौज नै नेपालमा आउनु मुलुकको निम्ति लज्जाबोधको विषय भएको आरोप लगाए । उनले मोदीको नेपाल भ्रमणमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि घटाउन समेत पहल नगरेको भन्दै प्रधानमन्त्री ओलीको आलोचना गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);