सम्पत्ति विवरण नबुझाएपछि मन्त्री बस्नेतलाई कारबाही, सम्पत्ति विवरण नबुझाउने सांसद को- को ? | ईमाउण्टेन समाचार

Our Network

पुष १० २०८१, बुधवार

काठमाडौँ, ३२ साउन । कानुनअनुसार सम्पत्ति विवरण नबुझाएपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सहकारी तथा गरिबी निवारणमन्त्री अम्बिका बस्नेतलाई ५ हजार जरिवाना गरेको छ । सार्वजनिक पद धारण गरेका व्यक्तिले हरेक आर्थिक वर्ष सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था उल्लंघन गर्दै मन्त्री बस्नेतले गत आर्थिक वर्ष सम्पत्ति विवरण बुझाएकी थिइनन्।

 

सांसदको हैसियतमा उनले विवरण बुझाउनुपथ्र्यो । अख्तियारले ५ हजार जरिवानासहित सम्पत्ति विवरण पेस गर्न मन्त्री बस्नेतलाई पत्र काटेको प्रवक्ता जीवराज कोइरालाले बताए, नयाँ पत्रिकामा खबर छ । गत आर्थिक वर्ष देशभर सार्वजनिक पद धारण गरेका ४ लाख ४१ हजार ४ सय ७१ जना थिए । त्यसमध्ये २० हजार १ सय १३ जनाले कानुनअनुसार बुझाउनुपर्ने सम्पत्ति विवरण बुझाएका थिएनन्। आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ।

 

सम्पत्ति विवरण नबुझाउने सांसदहरू 

जीवन परियार
नरहरि आचार्य
संजय कुमार साह
सुनील कुमार यादव
शीला शर्मा (खड्का)
शारदा पौडेल
विमलकुमार केडिया
लालबाबु सिंह भुइहार
डा.ल्हारक्याल लामा
रेशमबहादुर लामा
रामचन्द्र चौधरी
बलबहादुर केसी
देवकरण प्रसाद कलवार
कुमारी लक्ष्मी राई
उमेश श्रेष्ठ
अम्बिका बस्नेत

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);