आज मिति वि।सं। २०७४ साल साउन ३२ गते बुधबार, इश्वी सन् २०१७ अगस्ट १६ तारिख, भाद्र कृष्णपक्ष। नवमी तिथि बुधबार । वास्तुशास्त्र अनुशार आज तपाईको दिन कस्तो छ । विस्तृतमा …
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
आँट गर्न नसक्दा अरूले फाइदा उठाउनेछन्। आत्मविश्वासको कमीले पछि परिनेछ। आत्तिने बानीले हातमा आएको मौका गुमाउनुपर्ला। आफ्ना काममा पनि अरूको सहयोग आवश्यक पर्नेछ। विवादास्पद जिम्मेवारीले चुनौती निम्त्याउन सक्छ। कामको सन्दर्भमा आफ्नैसँग प्रतिस्पर्धा गर्नुपर्ला। बेसुरमा बोल्ने बानीले दु:ख पाइनेछ। विशेष योजना सार्वजनिक नगर्नुहोला।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
समयमा निर्णय लिन नसक्दा पछि परिनेछ। आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। तापनि मिहिनेतले केही अवसर दिलाउनेछ। सहयोगीहरूले उत्साह जगाउनेछन्। आकर्षक उपहार प्राप्त हुन सक्छ। रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ। पारिवारिक भेटघाटले पनि आनन्द दिलाउनेछ। पेटको समस्याले स्वास्थ्य भने प्रतिकूल रहनेछ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला। फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला। केही मात्रामा खर्च बढ्नेछ भने व्यवसायमा लगानी बढाउनुपर्ला। अर्थअभाव खट्किनाले काममा बाधा आउन सक्छ। फाइदाका पछि लाग्दा समस्या आउन सक्छन्। आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ। लामो यात्रा गर्ने अवसर प्राप्त हुनेछ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
आयआर्जनका स्रोत बढ्नेछन् र दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ।आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन्। मिहिनेतको फल प्राप्त हुनेछ। दिगो काममा लगानी गर्ने मौका छ। व्यापार तथा साझेदारीमा पनि फाइदा हुनेछ। आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन्। तर केही लाभांश अरूका लागि पनि खर्चनुपर्ला।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
आँटले काम लिन नसक्दा पछि परिनेछ। समयको तालमेल नमिल्दा योजना अधुरै रहनेछ। ईर्ष्या गर्नेहरू सक्रिय रहनेछन् भने अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला। सानातिना काममै अल्झनुपर्नेछ भने पहिलेका समस्या दोहोरिन सक्छन्। तत्कालको फाइदा हेर्दा पछिलाई समस्या आइपर्न सक्छ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
मिहिनेतले जिम्मेवारी दिलाउनेछ। तर सामान्य कामलाई पनि निकै मिहिनेत पर्नेछ। अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। साइनो गाँस्नेहरूबाट सजग रहनुहोला। व्यवसायमा प्रतिस्पर्धा गर्नुपर्नेछ। आफ्नो श्रमबाट अरूले फाइदा उठाउन सक्छन्। तापनि भविष्यका लागि काममा जग बसाउने मौका छ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
बेसुरमा काम गर्ने बानीले समस्या निम्त्याउन सक्छ। आफ्ना सूचना बाहिरिनाले समस्या पर्न सक्छ। सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ला। अर्थ अभावले अलि सताउन सक्छ। सामान्य काममा धन र श्रम खर्चनुपर्ला। विवादास्पद जिम्मेवारीले पनि चुनौती निम्त्याउन सक्छ। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। स्वास्थ्य-उपचारमा खर्च बढ्नेछ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
अतिथिको रूपमा सत्कार पाइनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ। काममा साथीभाइबाट सहयोग मिल्नेछ। धन तथा ज्ञानको भण्डार बढ्नेछ भने जीवनशैली आनन्दमय रहनेछ। प्रियजनसँग भेटघाट हुनुका साथै विशेष उपहार प्राप्त होला। सोखले खर्च भने बढाउन सक्छ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
वैधानिक प्रावधानले लक्ष्यमा पुग्न अप्ठ्यारो पर्नेछ। अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ। केही चुनौतीहरू देखिनेछन्। काममा सोचेको फाइदा उठाउन नसकिएला। प्रतिस्पर्धी बढ्नाले समस्या थपिएलान्। चिताएका काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन्। अप्ठ्यारो परिस्थिति सामना गर्नुपर्ला। फजुल खर्चका साथै ठगीमा परिने योग भएकाले होसियार रहनुहोला।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
परिस्थितिवश चिताएको काम रोकिन सक्छ। समयतालिका नमिल्दा योजना अधुरै रहनेछ। हल्लाको पछि लाग्दा व्यर्थैमा दु:ख पाइनेछ। आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्। स्वास्थ्य-चिन्ताले सताउला। अध्ययनमा बाधा हुनेछ भने अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। तापनि बुद्धि लगाउँदा लक्ष्य प्राप्त हुनेछ। नयाँ काम प्रारम्भ गर्न समय प्रतीक्षा गर्नुहोला।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ। तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ। साझेदारीमा पहिलेको सम्झौता भंग हुन सक्छ। महत्वाकांक्षी योजना गोप्य राख्नुहोला। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्दा लाभ हुनेछ। पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। टाढिएका आफन्त नजिकिन सक्छन्।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
बेलामा होस नपुर्याउँदा केही समस्या झेल्नुपर्ला। परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ। लेनदेन तथा हिसाबकिताबमा होसियार रहनुहोला। सहयोगीहरूले हात झिक्नाले समस्यामा परिनेछ। सञ्चित रकम खर्चनुपर्ने आवश्यकता पर्न सक्छ। पारिवारिक असमझदारीले पनि काममा केही अप्ठ्यारो पर्ला। दिगो काम प्रारम्भ गर्न केही समय पर्खनुपर्ने देखिन्छ। – नेपाली पात्रोबाट साभार