काठमाडौं, २४ बैशाख । मेरीगोल्ड सुनचाँदी गहना गृहले आफ्नो सेवालाई बिस्तार गरेको छ । मेरीगोल्डले सोमबार राजधानीको दरबारमार्गमा नयाँ शोरुम सञ्चालनमा ल्याएको हो ।
गहना पसलको उद्धघाटन बलिउड अभिनेत्री करिश्मा कपुरले गरिन । कार्यक्रममा मेरी गोल्डका प्रबन्धक निर्देशक शुरेसमान श्रेष्ठले नेपाली पत्थरबाट निर्मित गरगहनालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने बताए ।