दाङको तुलसीपुरस्थित ज्योति मेडिकल क्लिनिकमा तनाव | ईमाउण्टेन समाचार

Our Network

पुष १६ २०८१, मंगलबार

दाङको तुलसीपुरस्थित ज्योति मेडिकल क्लिनिकमा तनाव

दाङ, १९ वैशाख । उपचाररत एक विरामीको मृत्यु भएपछि दाङको तुलसीपुरस्थित ज्योति मेडिकल क्लिनिक तनावग्रस्त बनेको छ । दिउँसो मेडिकलमा उपचारका लागि पुगेकी तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ निवासी ४० वर्षीया प्रेमा कुमालको मृत्यु भएपछि आफन्त आन्दोलित बनेका हुन् । उपचारमा लापर्बाही हुँदा प्रेमाको मृत्यु भएको मृतकका आफन्तको आरोप छ ।

मृतकका आफन्तले तोडफोड गर्ने स्थिति आएपछि मेडिकल बन्द भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरले मेडीकल संचालक वाइबी धौलाकोटी र बिरामीको उपचारमा संलग्न डाक्टर प्रकाश नेपालीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । पेट दुखेको औषधि खाएको केहीबेरमै प्रेमाको मृत्यु भएको उनका आफन्तले बताएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);